Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


वाक स्वतन्त्रतालाई कुण्ठित गरेको भन्दै विद्यार्थी नेताहरुले गृहमन्त्री खाँणको पुत्ला जलाए


0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला जलाएको छ। सत्तारुढ गठबन्धनभित्रैको दल निकट विद्यार्थी संगठनले गृहमन्त्री खाँणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी भारतको विरोध नर्गन विज्ञप्ति जारी गरेको भन्दै पुत्ला जलाएको हो ।

प्रदर्शनमा नाराबाजीसहित एमसीसी सम्झौताको पनि चर्को विरोध गरिएको थियो । विरोध प्रदर्शनमा बोल्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हिजो तानाशाह विरुद्ध लडेका गृहमन्त्रीलाई कुन प्रभुले सिकाएर विज्ञप्ति लेख्ने आँट आयो भन्दै प्रश्न गर्नुभयो ।

प्रदर्शनमा गृहमन्त्री राजिनामा दे, एमसीसी खारेज गर, भारतीय बिस्तारवाद मुर्दावाद, राष्ट्रघाती सम्झौता खारेज गर, सिमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे जस्ता नारा लगाइएको थियो ।