Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


पाँच ‘अपहरणकारी’ समातिए


0
Shares

हेटौंडा, पुस २ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दुई युवाको अपहरणमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं, पुरानो बानेश्वरका आशीष सिजापती, कन्चनपुरको श्रीपुरकी सुनिता धामी, धादिङको नेत्रावती गाउँपालिका–६ का कृष्ण गुरुङ, सोही ठाउँका ट्याक्सीचालक आशिक लामा रहेका छन् ।

त्यस्तै, बन्धक बनाएर हेटौंडा उपमहानगरपालिका–९ स्थित सरस्वती तामाङको घरमा राखिएकाले उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुधबारै बिहान बाराको अमलेखगन्जबाट ट्याक्सीमा काठमाडौं जाँदै गरेका काभ्रेको मन्डनदेउपुर नगरपालिका–९ का २८ वर्षीय सरोज सापकोटा र रामेछापको दोरम्बाका २१ वर्षीय नरेश थापा हेटौंडाबाट अपहरणमा परेका थिए ।

उनीहरुलाई हेटौंडाको वनविज्ञान क्याम्पस गेटअगाडिबाट अपहरण गरी सोही ट्याक्सीमा राखेर हेटौंडाको लामसुरेमा बन्धक बनाइएको थियो ।

अपहरित थापाले अपहरणकारीले डेढ करोड रुपैयाँ मागेको बताएका छन् ।