२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


निर्माण कम्पनीको ढिलासुस्तीका कारण शीत भण्डार निर्माणको काम अलपत्र


0
Shares

पाल्पा । पाल्पाको तानसेन नगरपालिका बाघखोरमा निर्माणधीन शीतभण्डार अलपत्र परेको छ ।

निर्माण सम्झौता भएको ९ बर्ष पुग्दा पनि निर्माण कम्पनी जयरक्तकाली जेभीको ढिलासुस्तीका कारण शीत भण्डार अलपत्र परेको हो ।

४ करोड ९९ लाख लागत रहेको शीतभण्डारको हालसम्म २७ प्रतिशत मात्र काम भएको छ ।

सहयोगी संस्था, तानसेन नगर सरकार र निर्माण कम्पनी बीच १८ महिना भित्र २ हजार टन क्षमताको शीतभण्डारको काम सक्ने सम्झौता भएपनि निर्माण कम्पनीले कार्यान्यन नगरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताउनुभएको छ ।