१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


च्यासल र आर्मीको विजयी सुरुआत, संकटाका रुचालले पाए रातो कार्ड


0
Shares

काठमाडौं, मंसिर ३० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेका छन् ।

च्यासलले सोमबार दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २–० ले हरायो ।

च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे ।

साविक उपविजेता संकटाले भने हारबाट नयाँ ‘सिजन’ थालेको छ ।

संकटाका लक्ष्मण रुचाल जारी लिगमा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । उनले ८१औं मिनेटमा लगातार दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदा संकटा पछिल्लो ९ मिनेट १० जनामा सीमित भएर खेलेको थियो ।

आर्मीले फ्रेन्ड्सलाई हरायो

सोमबारै भएको पहिलो खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आर्मी २–१ ले विजयी भयो ।

नवयुग श्रेष्ठ र दिनेश हेम्जनले आर्मीका लागि एक/एक गोल गरे । फ्रेन्ड्सका शक्ति राईले एक गोल फर्काए ।

गएको शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा मच्छिन्द्र क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई २–० ले हराएको थियो ।