३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता : मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक घण्टा भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गठबन्धन सरकार गठन भएको लामो समय भएको अवस्थामा दुवै नेताबीच चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे विस्तृतरुपमा छलफल भएको बताइएको छ।