Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


काबुल विमानस्थलमा विस्फाेट हुँदा १३ अमेरिकी सैनिकसहित ७३ जनाको मृत्यु, अमेरिकाले उद्धार नरोक्ने


0
Shares

एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ७३ नाघेको छ । विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ६० जनाभन्दा बढी अफगान नागरिकले गुमाएका हुन् ।

इस्लामिक आतंकवादीहरुबाट गराईएको यस विस्फाेटको तालिवानले निन्दा गरेको छ । घटनामा परि दर्जनौं घाइते भएका छन् । अफनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरि विस्फाेट गराईएको थियो ।

विस्फोटमा केही तालिवान लडाकुहरू पनि घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाएका छन्। विमानस्थलमा विस्फाेट भएपछि प्रतिक्रिया दिदै बाइडेनले दोषीहरुलाई जुनसुकै ठाउँबाट खोजेर न्यायको कठघरामा उभ्याने चेतावनी समेत दिएका छन्।