२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


माधवको साथ छाडेर ओलीसँगैं बस्दा मुख्यमन्त्री उपहार


0
Shares

काठमाडौं । एमाले सचिव एंव प्रदेश १ का संयोजक भीमप्रसाद आचार्य प्रदेश १ को मुख्यमन्त्री बनेका छन् ।

तत्कालीन नेकपामा विभाजन आएपछि त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चामा लागेका आचार्य पछिल्लो समय खेमा परिवर्तन गरेर मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि बिहीबर नै आचार्य एमाले संसदीय दलका नेता चयन भएका थिए । आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।

राईले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनानमा दिएपछि आचार्यकालागि ढोका खुलेको हो । राईको राजीनामा स्वीकृत भएसँगैें प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ मुख्यमन्त्रीका रुपमा आचार्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए । नागरिक