२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


आन्तरिक पर्यटकका लागि ‘भाइरल’ जोरायल झरना


0
Shares

डडेल्धुरा । डोटी जोरायल गाउँपालिका ६ स्थीत प्राकृतिक झरना पछिल्लो समय आन्तरिक पर्यटकका लागि भाइरल हुँदै गएको छ ।

अरु दिन फाटफुट आएपनि शनिबार हजारौंको संख्यामा आन्तरिक पर्यटक झरनामा आउने गरेका छन् ।

चैतदेखि असोजसम्म प्राकृतिक र वातावरणीय मौसम अनुकुल रहने भएकाले यस समयमा झरनामा आउनेको संख्या बढी हुने गर्दछ ।

स्थानीयसँगै डडेल्धुरा, कैलाली र कञ्चनपुरबाट झरना नुहाउन आउने गर्दछन् ।