२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


आज मंगलादेवी सिंहको २४औं स्मृति दिवस


0
Shares

काठमाडौं । नेपाल महिला संघकी संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २४औं स्मृति दिवसको अवसरमा आज राजधानीमा संक्षिप्त कार्यक्रम आयोजना गरिएको छ ।

शोभा भगवतीस्थित स्वर्गीय सिंहको शालिकमा आज विहान माल्यार्पण कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस नेता एवं स्वर्गीय मंगलादेवीका सुपुत्र प्रकाशमान सिंहलगायतले शालिकमा माल्यार्पण गरेका थिए ।

नेपाली कांग्रेसका संस्थापक नेता लौह पुरुष स्वर्गीय गणेशमान ंिसहकी धर्मपत्नी समेत रहेकी मंगलादेवी सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्याउनु भएको छ ।

साथै नेपालमा महिला अधिकारको लडाईको अग्रणी नेतृत्वमा उहाँको योगदान अतुलनीय रहेको छ । विक्रम सम्वत १९८३ सालमा काठमाडौंमा जन्मनु भएकी मंगलादेवी ंिसंहको २०५३ साल भदौ १० गते निधन भएको थियो ।