Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


जलविद्युत कम्पनीहरुले शेयर मूल्य बढाउन भ्रमपूर्ण सूचना प्रेषण गरेको भन्दै कारबाहीको चेतावनी


0
Shares

काठमाडौं । जलविद्युत कम्पनीहरुले भ्रमपूण सूचना दिएर शेयर बजारमा अनावश्यक चलखेल गरेको भन्दै नियामक निकायले लगानीकर्ताहरुलाई सचेत गराएको छ ।

जलविद्युत नियमन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै जानाजान लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवम् उत्पादक कम्पनीविरुद्ध आवश्यक कारवाही चाल्ने चेतावनी दिदै लगानीकर्तालाई कमजोर कम्पनीहरुमा नफस्न भनेको छ ।

केही विद्युत कम्पनीका प्रवर्द्धकले शेयर मूल्यमा अस्वाभाविक वृद्धि गराउने गरी भ्रमपूर्ण वित्तीय विवरण सार्वजनिक गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कुनैपनि जलविद्युत कम्पनीको शेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वयंले नै सम्बन्धित प्रवर्द्धक कम्पनी तथा आयोजनाको आधारभूत अवस्थाको अध्ययन गरी निक्र्योल गर्नुपर्नेतर्फ पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

लगानी गरेको कम्पनीले प्रतिफल दिन सक्ने नसक्ने विषयमा जानकारी राख्न पनि आयोगले आग्रह गरेको छ ।