
मयाग्दी । म्याग्दीका मह शिकारीहरु वर्षौदेखि जोखिम मोलेर मह निकाल्न बाध्य छन् । प्रविधिको अभावमा अझै पनि पुख्र्याैली सीप र साधनको माध्यमबाट यहाँका मह शिकारीहरुले भीरमौरीको मह काड्दै आएका हुन् ।
अग्ला भीरमा डोरीमा झुण्डिएर मह काड्ने गरिन्छ । जिल्लाको माथिल्लो भेगका मह शिकारीहरु वर्षको दुई पटक भीर मौरीको मह शिकार गर्न व्यस्त हुन्छन् ।
परम्परागत पेशाकै रुपमा जिल्लाको गुर्जा, मुदी, मल्कबाङ, लुलाङ, निस्कोट, कुइनेमंगले, चिमखोला लगायतका क्षेत्रमा मह शिकार हुने गरेको छ ।
जोखिम मोलेर मह काड्नुपर्ने भएकाले स्थानीयले देवीदेवताको पुजा गर्ने गर्दछन् । भीरबाट मह संकलन गरेपछि एकमुष्ठ रुपमा प्रशोधन गरी बाँडफाँड गरिँदै आएको छ ।
भीर मौरीको मह प्रति लिटर दुई हजारसम्म पर्दछ ।
प्रतिक्रिया दिनुहोस्