२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा अक्सिजन मेसीन हस्तान्तरण


0
Shares

काठमाडौ‌ । शताब्दी पुरुष सत्य मोहन जोशीलाई आज अक्सिजन मेसीन हस्तान्तरण गरीएको छ । जोशीको स्वास्थ्यको ख्याल गर्दै उहाँकै निवासमा पुगेर अक्सिजन मेसीन प्रदान गरीएको हो ।

नेपाली इतिहासका धरोहोर, संस्कृतिविद् जोशीलाई आयरल्याण्ड सोसाईटी अफ नेपालका दिपेश शाक्य, नेपाल च्याप्टरका अध्यक्ष सुरेन शाक्य र गंगाबहादुर नेम्कुलले संयुक्त रुपमा अक्सिजन मेसीन प्रदान गर्नुभएको हो ।

सोसाईटी अफ नेपालका अध्यक्ष दिपेश शाक्यले जोशी आफै नेपालको संस्कृति भएकाले उहाँको संरक्षण र सम्बद्धनमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।