Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सागको म्यारथनमा किरणले दिलाए नेपाललाई स्वर्ण पदक


0
Shares

काठमाडौं, मंसिर २१। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्ण पदक जितेको छ। आज भएको खेलमा नेपालले २४ वर्षपछि म्याराथनतर्फ स्वर्ण पदक हात पारेको हो ।

दशरथ रंगशालामा भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्ण पदक जितेका हुन् । किरणले २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा निर्धारित दुरी  पुरा गरे । 

त्यस्तै भारतका खेलाडीहरुले रजत र कांस्य पदक जितेका छन् । म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ ।

बैकुण्ठले तेस्रो सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको समय निकाल्दै कीर्तिमान बनाएका थिए । यो सँगै नेपालको स्वर्ण पदकको संख्या ४२ पुगेको छ ।