
वीरगन्ज, मंसिर २० । पर्साको वीरगन्ज हेल्थकेयर हस्पिटलमा पहिलोपटक ‘ब्रेन ट्युमर’को सफल शल्यक्रिया गरिएको छ ।
ब्रेन ट्युमरबाट ग्रसित पर्साको जिराभवानी गाउँपालिका–३, नयकाटोलकी २० वर्षीया इन्दुकुमारी महतोको न्यूरो सर्जन डा. फिरोज अब्जलले सफल शल्यक्रिया गरेका हुन् ।
एक लाख रुपैयाँ खर्चमा शल्यक्रिया सम्पन्न गरेको डा. अब्जलले जानकारी दिए ।
इन्दुको मस्तिष्कको बीच भागमा रहेको पाँच सेन्टिमिटर ठूलो ट्युमरलाई करिब चार घन्टाको शल्यक्रियापछि झिक्न सफल भएको पनि उनले बताए ।
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ट्युमरबाट ग्रसित इन्दुको पहिले शरीरको दाहिने भाग नचलेकामा शल्यक्रियापछि चल्न थालेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्