Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


घूष लिएको आरोप लागेपछि दोलखाका सिडियोले जिल्ला छाडे


0
Shares

सुजन काफ्ले

दोलखा, मंसिर २०। दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जिल्ला छाडेका छन् । मुद्दा छिन्ने अधिकार पाएका प्रजिअले एक स्थानीयको मुद्दामा एक लाख रुपैयाँ रकम लिएर दश हजारको मात्रै रसिद काट्न लगाएको तथ्य सार्वजनिक भएपछि जिल्ला छाडेका हुन् ।

एक स्थानीयको मुद्दामा एक लाख रुपैयाँ रकम लिएर नब्बे हजार रुपैयाँ आफुले राखेर दश हजारको मात्रै नगदी रसिद काट्न लगाएको आरोप उनीमाथि लागेको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालले दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ का कुमार लामा मोक्तानसँग सार्वजनिक मुद्दामा एक लाख रुपैयाँ मागेर दश हजार रुपैयाँ मात्रैको नगदी रसिद दिएको तथ्य सार्वजनिक भएको थियो । सिडियोले रकम मागेको कुरा लामाले नगदी रसिद देखाउँदै सार्वजनिक गरेका थिए ।

लामालाई सार्वजनिक कसूरको मुद्दामा जिल्ला प्रहरी कार्यालय दोलखाले नियन्त्रणमा लिएको थियो । थुनछेक बहस पछि लामाको श्रीमती रेणु तमाङले बुधबार प्रहरीको कष्टडीमा रहेका आफ्ना श्रीमानलाई बाहिर निकाल्न एक लाख रुपैया प्रजिअ रिजाललाई दिएको र दश हजारको मात्रै नगदी रसिद दिएपछि बाहिर आएर आफुले बुझ्दा प्रजिअले ९० हजार रुपैयाँ लिएर राखेको बुझेपछि श्रीमती रेणु तमाङले बिहिबार बिहान हाम्रो पैसा खै भनेपछि बाहिर हल्ला नगरिदिनु भनि फोन अफ गर्न लगाएर क्वार्टरमा लगि प्रमुख जिल्ला अधिकारी रिजालले ९० हजार फिर्ता गरेको विषय सार्वजनिक भएको थियो ।

उनले दोलखाका कालिन्चोक गाउँपालिका वडा नम्बर १ का उदिम तमाङ र ईन्द्र बहादुर तमाङबाट पनि मंगलबार सार्वजनिक सुरक्षा कसुरको थुनछेक बहसमा १४ हजारको नगदी रसिद दिएर ३५ हजार रुपैयाँ लिएको तथ्य बाहिर आएको छ ।

प्रजिअ रिजालले उक्त रकम मुद्दाका पिडितलाई क्षतिपूर्ति दिन लिएको जिकिर गरेका थिए ।