
काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।
महाराजगन्जको त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरबाट उनी डिस्चार्ज भएका हुन् ।
‘एपेन्डिसाइटिस’को शल्यक्रियापछि उनी सो अस्पतालमा उपचाररत् थिए ।
शल्यक्रियापछि ‘आइसीयु’मै राखिएका प्रधानमन्त्री ओलीलाई त्यहीँबाट डिस्चार्ज गरिएको हो । डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार गएका छन् ।
‘…उपचारमा संलग्न चिकित्सकहरुका अनुसार हाल सम्माननीयज्यूको स्वास्थ्यलाभ भएकाले केही दिन आराम गर्ने सुझावसहित उहाँलाई आज मिति २०७६/०८/१९ गतेका दिन अस्पतालबाट डिस्चार्ज गरिएको छ’–अस्पतालद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
शल्यक्रियापछि प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि थप संक्रमणको जोखिम भएकाले उनलाई आइसीयुमै राखिएको थियो ।
त्यसअघि, प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबारै दिउँसो २ बजेतिर अस्पताल पुगेकी थिइन् ।
यही मंसिर १० गते प्रधानमन्त्री ओलीको सो सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्