१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


एथ्लेटिक्समा नेपालको निराशाजनक प्रदर्शन


0
Shares

काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को एथ्लेटिक्समा बिहीबार नेपालले निराशाजनक प्रदर्शन गरेको छ ।

६ ओटा स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले एउटा पनि पदक जितेन ।

११० मिटर हर्डल्स् पुरुषतर्फ पाकिस्तानी खेलाडीले स्वर्णपदक जित्दा नेपालका जीवन चौधरी छैटौं तथा चन्द्रदेव जोशी आठौं भए ।

१०० मिटर हर्डल्स् महिलामा श्रीलंकाकी खेलाडीले स्वर्ण जित्दा नेपालकी प्रमिला थारु सातौं भइन् ।

४०० मिटर महिला र पुरुष दौडमा नेपाल फाइनल चरणसम्म नै पुग्न सकेन ।

महिला ट्रिपल जम्पमा श्रीलंकाकी खेलाडीले स्वर्ण जित्दा नेपालकी शिला चौधरी छैटौं भइन् ।

पुरुष ट्रिपल जम्पमा भारतका खेलाडीले स्वर्ण जित्दा नेपालका दिल्ली खत्री र भुवन महतो क्रमशः छैटौं र सातौं स्थानमा रहे ।

एथ्लेटिक्सको तेस्रो दिन बिहीबार श्रीलंकाले चार स्वर्ण जित्दा पाकिस्तान र भारतले एक/एक स्वर्ण जिते ।

नेपालका लागि अहिलेसम्म १० हजार मिटर दौडमा महिलातर्फ सन्तोषी श्रेष्ठले स्वर्ण तथा पुरुषतर्फ दीपक अधिकारीले कास्यपदक दिलाएका छन् ।