Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गर्न एमाले नेता गौतमको माग, जग्गा बाँडेर समस्या समाधान नहुने तर्क


0
Shares

Bamdeb gautam

काठमाडौं, साउन २४ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले जग्गा बाँडेर भूमिहीनको समस्या समाधान नहुने बताउनुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा नेता गौतमले सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्न भूमिसुधार लागु गर्नुपर्ने तर्क गर्नुभयो ।

जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।

चलनचल्तीको भाउमा व्यक्तिको जग्गा सरकारले किनेर भूमि उपयोगको नीति बनाउन सुझाव दिँदै उहाँले भन्नुभयो, ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरी मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरी मानिस सुकुम्बासी हुँदैहुँदै जाने हुन्छ ।’

जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने भन्दै उहाँले आयोग गठन र विघटनको प्रक्रियाले समाधान नदिने जिकीर गर्नुभयो ।