
काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला कबड्डीतर्फको खेलमा नेपालले विजयी सुरुआत गरेको छ ।
नेपालले ऐतिहासिक जित हासिल गर्नेक्रममा बंगलादेशलाई पराजित गरेको हो ।
बुधबार बिहान हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले हरायो । अनुजा राईले सर्वाधिक ८ स्कोर गरिन् ।
नेपालले पछिल्लो २० वर्षमा पहिलोपटक बंगलादेशलाई हराएको हो । यो जितसँगै नेपालको कम्तीमा कास्यपदक पक्का भएको छ ।
प्रतिक्रिया दिनुहोस्