१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


२९ स्वर्णसहित नेपाल शीर्ष स्थानमा कायमै (अपडेट)


0
Shares

काठमाडौं, मंसिर १८ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपालको अग्रता कायमै छ ।

नेपालले बुधबार साइक्लिङ र तेक्वान्दोमा समान दुई तथा कराते र उसुमा एक/एकओटा स्वर्णपदक जितेको छ ।

योसमेत पदकतालिकाको अग्रस्थानमा रहेको नेपालले अहिलेसम्म २९ ओटा स्वर्णपदक जितेको छ ।

२५ स्वर्णपदकसहित भारत दोस्रो स्थानमा रहँदा ७/७ ओटा स्वर्णपदक जितेका श्रीलंका र पाकिस्तान क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

पाँचौं स्थानको बंगलादेशको ४ स्वर्ण छ भने माल्दिभ्सको एउटा स्वर्णपदक छ ।

पुछारको भुटानको तीन कास्यपदकमात्र छ ।