२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


पुजारीहरु जब भट्टी छिरे


0
Shares

काठमाडौं । प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको मस्तक टाउको आइतबार राति चोरी भयो । जुन ६ दशकपघि गुठीदाता ब्रजनाथ प्याकुरेलले मान्दिरमा चढाएका हुन् । ५ सय ग्राम चाँदीको मस्तकको नाकमा सुनको टीका र नथिया छ । भारतको न्यौर पुगेका पीठाधिश महाकान्त ठाकुरलाई उनका छोरा दीपकले फोनबाट यही महत्वपूर्ण सामान चोरी भएको जानकारी गराए ।

त्यसको खबर पाएर सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, एसपी राजेन्द्रप्रसाद धमला, सशस्त्रका एसपी राजु श्रेष्ठ घटनास्थल पुगे । मस्तक भारत पुर्याउन सक्ने आंकलन गर्दै सीमा क्षेत्र सिल गरियो । व्यापक रुपमा प्रहरी परिचालन भए । स्थानीयदेखि जनप्रतिनिधि हुँदै प्रहरी, प्रशासनका अधिकारी तनावमा परे ।

तर, सोमबार बिहान विष्णुपुर गाउँपालिका ५ मझौका २३ वर्षीय राजेशकुमार मण्डलले ठूली आमालाई कोठामा लगेर देवीको मस्तक देखाए । घरपरिवारका सदस्य हुँदै गाउँलेबीच हल्ला फैलिएपछि वडाध्यक्ष जीवछ मण्डल राजेशको घर पुगे । वडाध्यक्ष मण्डलले मस्तक भेटिएको खबर गाउँपालिका अध्यक्ष लिलाम्बर यादव र इलाका प्रहरी विष्णुपुरका असई देबेन्द्र यादबलाई दिए ।

चोरी भएको १२ घण्टाभित्र भगवतीको मस्तकसहित आरोपित राजेश घरमै फेला परे। सुत्ने कोठामै रहेको पूजा गर्ने स्थानबाट मस्तक प्रहरीले बरामद गर्‍यो। राजेश गाउँमै मन्दिर स्थापना गर्न भगवतीको मस्तक ल्याएको भनी बरबराइरहेका थिए। प्रहरीले घटना भएकै राति आठ पुजारीलाई नियन्त्रणमा लिएको थियो। १२–१५ घण्टासम्म सोधपुछ गरेर छाडियो।

पीठाधिश महाकान्तलगायत मूल पुजारी उमेश ठाकुर छोराको मृत्युका कारण एक सातादेखि आशौच बारिरहेका छन्। त्यस दिनको ड्युटीमा रहेका पुजारी सुनीलकुमार मिश्र आइतबार साँझ पर्नासाथ मन्दिरको ढोका नलगाई होटलतिर छिरे। मन्दिरको मुख्यद्वारमै रहेको होटलमा उनले घरेलु मदिरा पिए। अर्का पुजारी गौरीशंकर ठाकुरले पनि मदिरा पिए। पुजारी श्रवणकुमार ठाकुरले कोरेक्स सेवन गरेको जनाइएको छ।

न्नपूर्ण