१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


नेपालले जित्यो १५ स्वर्ण, तालिकामा शीर्ष स्थानमा


0
Shares

काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले हालसम्म १५ ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ७ तथा ट्रायथलनमा एक स्वर्णपदक जितेको छ ।

नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ ।

त्यसैगरी, भारतले ट्रायथलन र तेक्वान्दोमा गरी ३, श्रीलंकाले ३, पाकिस्तान र बंगलादेशले एक/एक स्वर्णपदक जितेका छन् ।