काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष फुटबलमा भुटानले विजयी सुरुआत गरेको छ ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा भुटानले बंगलादेशलाई १–० ले पराजित गरेको हो ।
खेलको ६५औं मिनेटमा भुटानका कप्तान चेन्चो ग्याल्सेनले निर्णायक गोल गरेका हुन् ।
पाँच टोली सहभागी पुरुष फुटबलमा नेपालले पहिलो खेल मंगलबार दिउँसो भुटानसित खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्