
काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।
नेपालले हालसम्म १० ओटा स्वर्णपदक जितेको छ । नेपालले करातेमा ५, तेक्वान्दोमा ४ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ ।
नेपालले दुईओटा रजतपदक पनि हासिल गरेको छ ।
त्यसैगरी, भारतले ट्रायथलनमा, पाकिस्तानले करातेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एक/एक स्वर्णपदक जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्