१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


महिला क्रिकेटमा नेपालको विजयी सुरुवात


0
Shares

काठमाडौं । १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ  ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गर्‍यो ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।

सोमबारको खेलमा माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले मात्र ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो ।

नेपालका काजोल श्रेष्ठले अविजित १३ रन जोडिन । सिता राना मगर सुन्य रनमा अविजित रहिन् ।

खेलमा अन्जली चन्दले टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाइन । 

सोमबार पोखरामा भएको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६ विकेट लिँदै अन्जलीले कीर्तिमान बनाएकी हुन् ।