Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


१३ औं सागअन्तर्गत ब्याडमिन्टन, कराँते र खो खो का खेलहरु आज हुने


0
Shares

काठमाडौं, मंसिर १५ । १३ औं सागअन्तर्गत ब्याडमिन्टन, कराँते र खो खो का खेलहरु आज सुरु हुँदैछ ।

नेपालले पदकको आशा गरेको करातेको उद्घाटन समारोह आज हुँदैछ । उद्घाटन आज भएपनि प्रतिस्पर्धात्मक खेलहरु भने भोलीबाट मात्रै संचालन हुनेछ ।

आज खेलाडीको वजन नाप्ने, नाम दर्ता गर्ने र प्रशिक्षक, ब्यवस्थापक र रेफ्रीको सेमिनार हुनेछ । उता पोखरामा ब्याडमिन्टनका खेलहरु सुरु हुँदैछन् । पोखरा कभर्डहलमा आज ब्याडमिन्टनक टिम इभेन्ट्सका खेलहरु हुँदैछन् ।

विहान १० बजेदेखि टिम इभेन्टका खेलहरु सुरु हुनेछन् । पुरुषको टिम इभेन्टमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दैछ भने महिला तर्फ नेपालको प्रतिद्वन्द्वी बंगलादेश रहेको छ ।

१३ औं सागमा ब्याटमिन्टनतर्फ नेपालबाट पुरुष र महिलामा १०–१० जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । पुरुष तर्फ रत्नजित तामाङ्ग, दिपेश धामी, बिकास श्रेष्ठ, प्रिन्स दाहाल, नविन श्रेष्ठ, प्रफुल महर्जन, सुनिल जोशी, बिष्णु कटुवाल, जीवन आचार्य र साजन कृष्ण ताम्राकार छन् ।

यस्तै महिला तर्फ नङ्गशल देवी तामाङ्ग, रशिला महर्जन, जेशिका गुरुङ्ग, सिमा राजबंशी, पुजा श्रेष्ठ, अनुमाया राई, अमिता गिरी, सिता राई, निता लम्साल र शोभा गौचन छन् । १३ औं सागअन्तर्गत खो खो का खेलहरु पनि आजबाट हुँदैछन् ।

आज पहिलो खेलमा पुरुषतर्फ भारत र श्रीलंका तथा नेपाल र बंगलादेशीच प्रतिष्पर्धा हुदैछ । महिला तर्फ आजै नेपालले बंगलादेशसँग खेल्दा भारत र श्रीलंका भिड्नेछन् । खोखोमा चारवटा टिममात्र सहभागि भएका कारण राउण्ड रोविन लिगको आधारमा खेलहरु संचालन हुनेछन् ।