Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सातै राष्ट्रका ‘सेभ दी मिसन’बाट ‘साग’को झन्डोत्तोलन


0
Shares

काठमाडौं, मंसिर १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को झन्डोत्तोलन गरिएको छ ।

शनिबार दशरथ रंगशालामा सातै राष्ट्रका ‘सेभ दी मिसन’ले आ–आफ्नो देशको झन्डोत्तोलन गरेका हुन् ।

नेपालका सेभ दी मिसन पिताम्बर तिम्सिना, भारतका दुस्यन्त शर्मा, भुटानका सिग्मे थिन्ले, बंगलादेशका अस्दुज्मान कोहिनूर, पाकिस्तानका अक्बर हुसैन दुरानी, श्रीलंकाका मेजर जनरल दम्पात तथा मादिभ्सका इब्राहिम नाहिदले झन्डोत्तोलन गरेका हुन् ।

सबै देशका सेभ दी मिसनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार शिलवालले सागको लोगो प्रदान गरे ।

एक हजार ११५ पदकका लागि भिडन्त

१३औं सागमा २६ खेलमा ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्य गरी कुल एक हजार ११५ पदकका लागि भिडन्त हुँदैछ ।

थ्रीबाई थ्री बास्केटबल र विच भलिबल ‘अनअफिसियल’ हुन् ।

पाँच हजारजना सहभागी

१३औं सागमा खेलाडी र ‘डेलिगेट्स’सहित पाँच हजारजना सहभागी हुँदैछन् ।

काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा एउटा खेल हुनेछ ।

सवा तीन घन्टाको विशेष कार्यक्रम

भलिबलका खेलहरु गएको बुधबारदेखि नै जारी रहे पनि सागको उद्घाटन आइतबारमात्रै हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोह आइतबार साँझ ५ बजे सुरु भइ सवा तीन घन्टा चल्ने सदस्यसचिव सिलवालले जानकारी दिए ।

समारोहका लागि नेपाली संस्कृति, सभ्यता र इतिहास जोडेर विशेष कार्यक्रम तयार गरिएको जनाइएको छ ।