Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


काठमाडौं उपत्यकामा फेरि थपियो दश दिन निषेधाज्ञा: भेला, भिडभाड, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने


0
Shares

ktm cdo office

काठमाडौं, साउन १० । काठमाडौं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा पूर्ववत आदेशहरू जारी गरिएको हो।

लम्ब्याइएको दश दिने निषेधाज्ञामा पनि कुनै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसको भिडभाड हुने कार्यक्रमह गर्न रोक लगाइएको छ ।

यस्तै, खुला स्थानमा मानिस भेला हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ ।

औषधि तथा स्वास्थ्य सामाग्रीका पसलबाहेक अरू पसल र व्यवसाय साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउनेछन् । रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवा पनि साँझ ७ बजेसम्म मात्रै चलाउन पाइने छ ।

यस्तो छ, आदेशः