काठमाडौं, मंसिर १३ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला भलिबलमा नेपाल सेमिफाइनलमा पुगेको छ ।
समूहको अन्तिम खेलमा शुक्रबार भारतले बंगलादेशलाई सहजै पराजित गरेपछि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले बंगलादेशलाई हराउँदा भारतसित पराजित भएको थियो । भारतले भने दुवै खेल जितेर समूह विजेता बनेको हो ।
भारतले शुक्रबारको खेलमा बंगलादेशलाई २५–८,२५–११ र २५–९ को सोझो सेटमा पराजित गर्यो ।
नेपालले अब सेमिफाइनलमा श्रीलंकासित खेल्नेछ । श्रीलंका समूह ‘बी’को विजेता हो ।
श्रीलंकाले समूहको अन्तिम खेलमा माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ को सोझो सेटमा पराजित गरेको थियो ।
यो समूहको पाकिस्तान नआएपछि दुवै टोलीले ‘वाकओभर’ पाएका थिए ।
अर्को सेमिफाइनलमा भारत र माल्दिभ्स भिड्नेछन् । दुवै सेमिफाइनलका खेलहरु शनिबार हुनेछन् ।





प्रतिक्रिया दिनुहोस्