Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


साउने सोमबार घरमै बसेर मनाऔं, देवघाटमा भीड नगरौं


0
Shares

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आउदै गरेका सवै चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गरेको छ ।

साउने सोमवारको पहिलो दिन देवघाट लगायत नदी किनारमा नुहाउनेहरुको भीड लाग्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

कोभिड १९ को संक्रमणको उच्च जोखिम रहेका कारण सोको रोकथाम तथा नियन्त्रणका लागि सवै मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाईने गरी जिल्ला प्रशासन कार्यालय चितवनबाट आदेश जारी गरिएको सम्झाउँदै भीड हुने गरी कुनै कार्यक्रम नगर्न भनिएको छ ।

प्रशासकीय अधिकृत खेमराज पौडेलले कोभिड १९ को संक्रमण जोखिम अझै उच्च नै रहेको भन्दै मठ, मन्दिर, धार्मिक नदी, तलाउ, गुम्बा, चर्च, मस्जिदमा गई भीडभाडजन्य कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको बताउनुभयो ।