१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


आज साउने संक्रान्ति, लुतो फाल्ने प्रचलन हराउँदै


0
Shares

काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।

विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रुपमा मनाउने गरिन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् ।

त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग निको पार्न साउने संक्रान्तिको अवसरमा लुतो फाल्ने गरिन्छ ।

पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै गएको छ । दिनभर परिवार, आफन्त जम्मा भएर मिठो, मसिनो खाने साँझ घरघरमा लुतो फल्ने परम्परा छ ।

पहाडी भेगमा कुरिलो, धसिँगारे, कुकर डाइनो, भलायो, हाडे उनिऊँ, पानी सरो, पानीअमला जस्ता वनस्पति जम्मा पारी आँगनमा आगो बाल्ने प्रचलन छ ।

कण्डारक नामको राक्षसको पूजा गरी चारै दिशामा अगुल्टो फालिन्छ । साउन महिनाभर पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको विशेष भीड लाग्छ । साउने सोमबारलाई महादेवको पूजा, आराधनाका लागि विशेष दिनका रुपमा लिइन्छ ।