
काठमाडौं । नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले आज रक्तदानसहित वृहत्त स्वास्थ्य परिक्षण तथा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
जाडो समयमा स्वास्थ्य संस्थाहरुमा रगतको अभाव हुने भएकाले हस्पिटलको आह्वानमा रक्तदान गरीएको हो ।
अहिले रक्तसंचार केन्द्रहरुमासमेत रगतको अभाव हुदै गएको छ । जाडो समयमा रक्तदान गर्नेको संख्यामा कमी हुने भएकाले रगतको अभाव हुने गर्दछ ।
नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका म्यानेजिङ डाईरेक्टर प्रोफेसर श्यामकृष्ण जोशीले अस्पतालमा रगतको अभाव भएकाले रक्तदानलाई प्राथकितामा राखिएका बताए ।
हस्पिटलले फोक्सोको क्यान्सर, श्वासप्रश्वास सम्बन्धि रोगको पहिचान र बच्ने उपायको बारेमासमेत प्रशिक्षण दिनेछ ।
निःशुल्क शिविरमा मुटु रोग परीक्षण, चीनी रोग, दम तथा स्त्री रोगको बिशेषज्ञ चिकित्सकबाट परिक्षण गरीने छ ।
प्रतिक्रिया दिनुहोस्