Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कास्कीमा निषेधाज्ञा १० दिन थप


0
Shares

पोखरा । कास्कीमा विभिन्न सेवा खुकुलो पार्दै निषेधाज्ञा १० दिन बढाइएको छ ।

असार २५ देखि निजी तथा सार्वजनिक सवारीसाधन जोरबिजोर आधारमा सञ्चालन हुने छन् भने विभिन्न पेसा, व्यवसाय, पसल बिहान ५ देखि साँझ ८ बजेसम्म खोल्न पाइने भएको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णय आधारमा असार २५ देखि साउन ५ सम्म निषेधाज्ञा अवधि बढाउने आदेश जारी गरेका हुन् । गत वैशाख १५ देखि सुरु निषेधाज्ञा असार २५ गते मध्यरातसम्म कायमै छ ।

अबको आदेशानुसार निजी सवारीसाधन, साना सवारी चार पांग्रे, दुई पांग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिनेछ । चार पांग्रेमा चालकसहित ४ जना यात्रु मात्र राख्न पाइनेछ ।

यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन ।

अन्य पसल, व्यवाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्नुपर्नेछ । ढुंगा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनको बेलुकी ७ देखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने छ ।

Skip This