
File : Photo
सोलुखुम्बु । सोलुखुम्बुको दूधकोसी नदीमा पानीको बहाब बढेको छ । हिमालको फेदबाट सुरु भएको कोसीमा लगातारको वर्षातका कारण नदीको बहाब बढेको हो ।
सप्तकोसीको एक नदीका रुपमा रहेको दूधकोसी नदीको रभुँवाबजार स्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ ।
पानी बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनका लागि जल तथा मौसम विज्ञान विभाग आग्रह गरेको छ ।
विगतका वर्षहरुमा पनि तटीय क्षेत्रमा पानीको बहाब बढ्दा ठूलो धनजनको क्षति हुने गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्