Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


दुबईमा सुख्खा बन्दरगाहमा बिस्फोट


0
Shares

एजेन्सी । दुबईस्थित एक बन्दरगाहमा रहेका कन्टेनरमा आगलागी भएको छ । संयुक्त अरब इमिरेट्सको मुख्य व्यापारिक केन्द्रमा रहेका कन्टेनरमा आगलागी भएको समाचारमा जनाइएको छ ।

आगलागीसँगै भएको विस्फोटले उक्त व्यापारीक केन्द्रमा भागदौड मच्चिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

जेबेल अलि पोर्टमा रहेका जहाजमा लागेका आगो नियन्त्रणका क्रममा विस्फोट भएको हो । विस्फोटमा मानविय क्षति नभएपनि भौतिक क्षतिको विवरण आउन बाँकी रहेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

आगलागी सुरु भएलगत्तै आपतकालीन सेना परिचालन गरिएको थियो । आगलागीको कारण खुलेको छैन । बन्दरगाहका अधिकारीहरुका अनुसार जहाज सामान्य अवस्थामा अवतरण गरेको थियो ।

दुबईको उत्तरी क्षेत्रमा रहेको जेबेल अली पोर्ट विश्वकै सबैभन्दा ठूलो सुख्खा बन्दरगाह हो । उक्त पोर्टमा चार वटा कन्टेरनर टर्मिनल रहेका छन् ।