Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


किस्ता लिन नसकेका लाभग्राहीलाई तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न प्राधिकरणको अनुरोध


0
Shares

काठमाडौं, असार १८ । विविध कारणले हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरुलाई कार्तिक मसान्त भित्र तेस्रो किस्ता लिने गरी घर पुनर्निर्माण गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिले अनुरोध गरेको छ ।

समितिले त्यस्ता पुनर्निर्माण तथा प्रवलीकरण लाभग्राहीहरुलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो समितिले निर्माण भइसकेका निजी आवासहरु निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिस अनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने पनि निर्णय गरेको छ ।

त्यस्तै विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेको भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिदको कार्य सम्पन्न गर्न पनि आग्रह गरेको छ ।

हालसम्म ८ लाख ५८ हजार २८२ जना पुनर्निर्माण लाभग्राही निक्र्योल भएका छन् । जसमध्ये ९५ दशमलव ३७ प्रतिशत अर्थात् ८ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी ८ लाख १६ हजार ६७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी ७ लाख २७ हजार ३२८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी ६ लाख ६५ हजार २३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।

Skip This