Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


दक्षिण अफ्रिकामा महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने


0
Shares

एजेन्सी । संरकारमा अधिकांश मलुकले बहुविवाहलाई गैरकानुनी मानिरहेका बेला दक्षिण अफ्रिकामा भने महिलाहरूले पनि धेरै श्रीमान् राख्न पाउने प्रस्ताव ल्याइएको छ ।

दक्षिण अफ्रिकाको गृह मन्त्रालयले तयार पारेको ग्रिन पेपरमा विवाह संस्थालाई बढी समावेशी बनाउन महिलाहरूलाई पनि एकभन्दा बढी श्रीमान् राख्न पाउने प्रस्ताव ल्याएको हो ।

दक्षिण अफ्रिकामा पुरुषले चाहेजति श्रीमती राख्न पाउने कानुनी छुट छ। पुरुषका लागि भएको त्यो व्यवस्था अब महिलाहरूका हकमा पनि लागू गर्ने प्रस्ताव गरिएको छ ।

गृह मन्त्रालयको उक्त प्रस्तावमा दक्षिण अफ्रिकाका अनुदारवादीहरूले गम्भीर आपत्ति जनाएका छन्। ती मध्य एक हुन रियालिटी टिभी सो स्टार मुसा एमसेलुकु । उनका अहिले चार जना श्रीमती छन्। महिलाहरूले एकैपटक धेरै श्रीमान् राख्दा उनीहरूका बच्चालाई परिचयको समस्या हुने मुसाको तर्क छ।

उनि भन्छन् ‘महिलाहरूलाई एकभन्दा बढी श्रीमान राख्न दिनु अफ्रिकी संस्कृतिविरूद्ध हो ।’ त्यस्तै अफ्रिकन क्रिश्चियन डेमोक्रेटिक पार्टीका नेता रेभेरेन्ड केनेथ मेसहोले पनि उक्त प्रस्तावको विरोध गरेका छन्।

पुरूषहरूले एकै पटक धेरै श्रीमती राख्न सक्ने भए पनि महिलाहरूका हकमा त्यो लागू नहुने उनको तर्क छ। उक्त प्रस्तावको दुई मत आएपनि अधिकारकर्मीहरुले भने महिलाले धेरै श्रीमान राख्न पाउने प्रस्तावलाई समानाको विषयका रुपमा हेरेका छन् । गृह मन्त्रालयका अनुसार जुन ३० सम्म उक्त प्रस्तावबारे विभिन्न क्षेत्रबाट सुझाव संकलन गरिनेछ ।