Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


यस वर्ष पनि व्यक्तिगततर्फ सिद्धार्थशमशेरले तिरे सबैभन्दा बढी कर


0
Shares

काठमाडौं, मंसिर १ । अघिल्ला वर्षहरुमा झै यसवर्ष पनि सरकारलाई सिद्धार्थ शमशेर राणाले नै व्यक्तिगत रुपमा सबैभन्दा बढी कर तिरेका छन् । उनी केही वर्षयता लगातार व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने व्यक्तिको सूचीमा पर्दै आएका छन् ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ मा धेरै कर तिर्ने व्यक्ति र संस्थालाई सम्मान गर्न आयोजित कार्यक्रममा राणा सम्मानित भएका हुन् ।

आठौं कर दिवसको अवसरमा काठमाडौंमा गरिएको कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले राणासहित धेरै कर तिर्ने १५ करदातालाई सम्मान गरेका हुन् ।

यी हुन् धेरै कर तिर्ने व्यक्ति तथा संस्थाः

सबैभन्दा धेरै कर तिर्ने करदाताः रवी केसी सूर्य नेपाल

निर्यातकर्ता आयकरः पंकज बजाज, डाबर नेपाल

उद्योग (मदिरा र चुरोट बाहेक): जगदम्बा, सुलभ अग्रवाल

कृषितर्फः अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल

लघुवित्तः छिमेकी लघुवित्त

बैंकः राष्ट्रिय वाणिज्य बैंक, किरणकुमार श्रेष्ठ

बीमाः नेपाल लाईफ, विवेक झा

स्वास्थ्य शिक्षाः मणिपाल मेडिकल कलेज

सूचना प्रविधिः वल्र्डलिंक, दिलिप अग्रवाल

व्यापारः अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ

पर्यटनः हायात, सुरेशलाल श्रेष्ठ

मध्यम करदाताः कामना सेवा विकास बैंक, हरिप्रसाद

आन्तरिक कार्यालय तर्फः भिएस मोरिसस

व्यक्तिगतः सिध्दार्थ शमशेर जबरा

भ्याटः घोराही सिमेन्ट, संजय बंसल

 

Skip This