Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सिन्धुपाल्चोकका बाढी पहिरो पीडितका लागि राहत कार्य तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकमा भएकोे प्राकृतिक विपतको व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिनुभएको हो ।

सिन्धुपाल्चोकको विपत्ति एक मानवीय संकट भएको बताउँदै उहाँले विपतमा कसैले राजनीति गर्नु हुन्न र मानवीय हिसाबमै जानुपर्ने बताउनुभयो ।

पुल बगाएको स्थानमा बेलिब्रिजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताउनुभयो साथै उहाँले बाढीको पूर्वसूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवासको व्यवस्था गर्नसमेत निर्देशन दिनुभयो ।

प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहुआयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वेमार्फत् पुनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गर्नुभयो ।