१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


वीपी स्टडी युथ सर्कलको निःशुल्क खाना अभियान समापन


0
Shares

काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिकै माछापोखरीमा बिगत १८ दिन देखी निःशुल्क रुपमा बिहान र साँझ खाना बितरण अभियान संचालन गरिरहेको वीपी स्टडी युथ सर्कलले आज उक्त अभियानको समापन गरेको छ ।

यो अभियानको अगुवाइ कांग्रेसका युवा नेता भुपेन्द्र जङ शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरि, सुबास कट्टेल लगायत युवा नेताहरुको सक्रियता रहेको थियो । अभियान अन्तर्गत आजसम्म बिहान र साँझ गरी ९ हजार भन्दा बढी ब्यक्तिहरुलाई निशुल्क रुपमा खाना बितरण गरिएको छ ।

आज बिहान गरिएको खाना बितरण कार्यक्रममा गायक युवराज चौलागाईको हातबाट खाना बितरण गरिएको छ । खाना बितरण पछि बोल्दै गायक चौलागाईले भने, यस्तो संकटको बेला सहयोग गर्नु धर्म हो। यस्तो विषम परिस्थितीलाई मध्यनजर गरी सञ्चालन गरीएको सो अभियान महत्वपुर्ण रहेको चौलागाईको भनाई छ ।

यस्तै साँझ समापनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमीरे, वीपी युथ सर्कलका सल्लाहाकार भुपेन्द्र जङ शाही, वीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरला लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बिशेष अतिथिबाट अभियानमा सहयोग गर्ने बिभिन्न व्यक्तिहरुलाई खादा सहितको सम्मानपत्र प्रदान गरिएको थियो ।

नेता घिमिरेले अभियानलाई सम्बोधन गर्दै युवाहरुले थालेको कामले मजदुर वर्गलाई सहयोग पुगेको र आम जनतालाई अप्ठ्यारो परेको बेला युवा नै सधै अग्रपंक्तिमा आउनुपर्ने बताउनुभयो ।

यस्तै युथ सर्कलका सल्लाहाकार समेत रहेका शाहीले अभियानमा सहकार्य गर्न सबैको योगदान स्मरण गर्दै युवाहरुको समूहले बाढी प्रभावित मेलम्ची क्षेत्रमा पनि राहत तथा खाद्यन्न बितरण गर्न जानकारी दिनुभएको छ ।

कार्यक्रममा अभियानका अभियन्ताहरुले कोही भोको बस्न नपरोस भन्ने उद्देश्यका साथ यो अभियान शुरु गरेको र आज यसको समापन पनि गरिएको वीपी युथ सर्कलका वागमती प्रदेशका अध्यक्ष सुमन गिरी र सुवास कट्टेलले बताउनुभयो ।