९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


मधुमेह रोगबाट बच्न सन्तुलित भोजन र व्यायाममा जोड दिन सुझाव


0
Shares

काठमाडौं, कात्तिक २८ । मधुमेह रोगबाट बच्न सन्तुलित भोजन र व्यायाममा जोड दिन चिकित्सकहरुले सुझाव दिएका छन् ।

विश्व मधुमेह दिवसका अवसरमा बिहीबार नेपाल मधुमेही समाजले काठमाडौंमा गरेको कार्यक्रममा उनीहरुले असन्तुलित खानापान एवं व्यायामको कमीले मधुमेह लाग्नसक्ने भन्दै नियमित व्यायाममा जोड दिए ।

मधुमेह विशेषज्ञ प्रा. डा. प्रदीपकुमार श्रेष्ठले शरीरको आवश्यकताभन्दा बढी परिमाणमा खाना नखान, तौल नबढाउन र अनावश्यक तनाव नलिन सुझाव दिए ।

नेपालमा मधुमेहका रोगीको संख्या बढ्दै गएको भन्दै उनले रोग नियन्त्रणका लागि जनचेतना आवश्यक रहेकामासमेत जोड दिए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य क्षेत्रमा लगानी गर्न महानगरपालिका तयार रहेको बताए ।

मधुमेहबाट विश्वको कुल जनसंख्यामध्ये ८.६ प्रतिशत मानिस प्रभावित छन् । नेपालमा भने यो रोगबाट ८ प्रतिशत जनसंख्या प्रभावित रहेको तथ्यांक छ ।

कार्यक्रममा मधुमेह रोगका बिरामी र चिकित्सकबीच अन्तरक्रिया गरिएको थियो ।