
डडेल्धुरा । अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी अनसनको आज नवौं दिन पुगेको छ । नवौं दिन पुग्दा उनको स्वास्थ्य अवस्था भने निक्कै नाजुक बनेको जिल्ला अल्पताल डडेल्धुराले जनाएको छ ।
आजबाट उनको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै जिल्लामा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । नागरिक आन्दोलन संघर्ष समितिको अगुवाइमा हस्ताक्षर अभियान सुरु गरिएको हो ।
आज सुदूरपश्चिमकै ठूलो उग्रतारा मेला परेकाले अन्य आन्दोलनका कार्यक्रम भने स्थगित गरिएको छ । यद्यपि, जिल्लामा सरकारी गाडी सञ्चालनमा लगाइएको रोक भने कायमै छ ।
अनशनको पाँचौं दिन शुक्रबार स्वास्थ्यमा समस्या आएपछि केसीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । केसीको पिसाबमा क्रियटिनिन बढेको र चिनीको मात्रा घटेको छ । यस्तै शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको अस्पतालले पटक पटक जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्