
काठमाडौं, जेठ ३० । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ ।
यसका लागि अहिले उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकरीहरुको बैठक बसिरहेको छ ।
पछिल्लो समय उपत्यकामा संक्रमण दर घट्दै गएको भन्दै निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भैरहेको बुझिएको छ ।
बैठकमा निषेधाज्ञाको मोडालिटीबारे छलफल भैरहेको बताइएको छ । पछिल्लोपटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिँदै छ ।
प्रतिक्रिया दिनुहोस्