
काठमाडौं, कात्तिक २३ । काठमाडौंको डल्लुस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्मा शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
एकदिने शिविरमा हाडजोर्नी, नसा, मधुमेह, आँखालगायत विभिन्न रोगसम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको थियो ।
परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले स्थापनाकालदेखि नै परिषद्ले सर्वसुलभ एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहको बताए ।
शिविरमार्फत् परिषद्ले वार्षिकरुपमा ज्येष्ठ नागरिक, बालबालिका र अशक्त बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्