९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


अनशनरत डा.केसीको स्वास्थ्यमा समस्या, राती नै अस्पताल लगियो


0
Shares

डडेल्धुरा । १७ औं पटक सत्याग्रह थालेका डा.गोबिन्द केसीको अवस्था गम्भीर हुँदै गएपछि डडेल्धुरा अस्पतालमा लगिएको छ ।

डा केसीको पिसाबमा किटोन बढेको, चिनीको मात्रा पनि घटेकोले शरीरमा ऊर्जा दिने शक्ति कमजोर हुँदै गएको, सोडियम पनि बढदै गएको छ ।

उनको जीवन रक्षाका लागि अनसनरतस्थलमा जनशक्ति अभाबका कारण नियमित उपचार संभव नभएको भन्दै उनको भाइ किशोर केसीको आग्रह तथा सहमतिमा शुक्रबार राती अस्पताल लगिएको हो ।

स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएकाले उपचारमा संलग्न चिकित्सकको सल्लाहपछि डडेल्धुराका निागरिक अगुवा, जनप्रतिनिधि, प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, नागरिक समाजका प्रतिनिधिहरुको रोहबरमा स्वास्थ्यकर्मीको रेखदेखमा उपचारको निरन्तरता दिन डा केसीलाई अस्पताल पु¥याइएको बताइएको छ ।