
काठमाडौं, कात्तिक २२ । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।
महानगरपालिकाले शुक्रबार कान्ति बाल अस्पतालसँग दुई करोड रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जडान गर्ने विषयमा सम्झौता गरेको हो ।
यही आर्थिक वर्षमा अक्सिजन प्लान्ट जडान गरिने जनाइएको छ ।
सो अवसरमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालका समस्या समाधान गर्न आफनो पूर्णसहयोग रहने बताए ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अस्पतालमा तोकिएको समयभित्रै अक्सिजन प्लान्ट जडान गरिने प्रतिबद्धता व्यक्त गरे ।
कान्ति बाल अस्पतालमा वार्षिक ६३ लाख रकम अक्सिजन खरिदमा खर्च हुने गरेको जनाइएको छ । ३५० शय्या रहेको यो अस्पतालमा ३२५ शय्यामात्र सन्चालनमा छ ।
प्रतिक्रिया दिनुहोस्