१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


स्याङ्जामा पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु, १३३ जना संक्रमित


0
Shares

स्याङ्जा, जेठ १९ । स्याङ्जामा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट विरुवा गाउँपालिका एक जना, गल्याङ नगरपालिकाका र कालीगण्डकी गाउँपालिकाका एकएक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार विरुवा गाउँपालिका ३ का ६२ वर्षीय कोरोना संक्रमित महिलाको उपचारको क्रममा जिल्ला अस्पताल स्याङ्जामा मृत्यु भएको हो ।

त्यस्तै, कालीगण्डकी गाउँपालिका २ का ५७ वर्षीय कोरोना संक्रमित महिला र गल्याङ नगरपालिका ३ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको मणिपाल शिक्षण अस्पताल पाखेरामा मृत्यु भएको हो ।

त्यसै गरी पछिल्लो २४ घण्टामा जिल्लामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।