९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


के हो डायलासिस ?


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, कात्तिक १७ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलामा पुनः समस्या देखिएको छ ।

उनलाई चिकित्सकले कि डायलासिस कि फेरि मिर्गौला प्रत्यारोपण गराउनुपर्ने सुझाव दिएका छन् ।

के हो त मिर्गौलाको डायलासिस ?

शरीरमा जम्मा हुने अनावश्यक तरल पदार्थलाई मिर्गौलाले पिसाबको माध्यमबाट शरीरबाहिर फाल्ने काम गर्छ । तर, त्यही मिर्गौलाले काम गर्ने क्षमतामा ह्रास आयो भने त्यसले टाउको, मुटु, फोक्सोलगायतका अंगमा असर गर्न थाल्छ ।

मिर्गौलाले काम गर्न छाडेपछि चिकित्सकले कि डायलासिस कि प्रत्यारोपणको सल्लाह दिने गरेका छन् ।

मिर्गौलाले काम गर्न नसक्दा शरीरमा जम्मा भएका फोहोरलाई फाल्ने काम डायलासिसको माध्यमबाट गर्ने गरिन्छ ।

मिर्गौलाको काम गर्ने क्षमतामा ह्रास आउनेबित्तिकै रगतमा जम्मा भएको फोहोरलाई मिर्गौलाले फाल्न सक्दैन ।

शरीरले फोहोर बाहिर फाल्न नसक्ने अवस्थामा डायलासिस सुरु गराउनुपर्ने मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले जानकारी दिइन् ।

बिरामीहरुले एक हप्तामा तीनपटकसम्म डायलासिस गराउनुपर्ने चिकित्सकहरु बताउँछन् ।

डायलासिस दुई प्रकारबाट गर्न सकिन्छ । एउटा ‘हेमोडायलासिस’ अर्को ‘पेरिटोनियल डायलासिस’ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिएको भने हेमोडायलासिस हो । जसमा शरीरबाट रगत निकालेर मेसिनमा पठाउने र मेसिनले रगत शुद्धीकरण गरी शरीरमा नै पठाउने गर्छ ।

मिगौलाले १५ प्रतिशतभन्दा कम काम गर्न थाल्यो भने डायलासिस वा प्रत्यारोपण गराउनुपर्ने डा. श्रेष्ठ बताउँछिन् ।

डायलासिस गराएपछि केही व्यक्तिमा मिर्गौला स्वस्थ भएर पुनः डायलासिस गराउनुपर्ने अवस्थासमेत नआउने उनले जानकारी दिइन् ।

मिर्गौला रोग विशेषज्ञहरुले डायलासिसभन्दा प्रत्यारोपणलाई बढी जोड दिने गरेका छन् । प्रत्यारोपणपश्चात् धेरै वर्ष स्वस्थ जीवन बाँच्न सकिने चिकित्सकहरुको भनाइ छ ।

एकजना व्यक्तिको तीनपटकसम्म मिर्गौला प्रत्यारोपण गरिएको उदाहरण दिँदै डा. श्रेष्ठले पहिलो प्रत्यारोपणभन्दा दोस्रो प्रत्यारोपणमा जोखिम भने बढी रहने बताइन् ।

भिडियो हेर्नुहोस्