२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


अस्पतालबाट जब प्रशन्न हुँदै निस्किए प्रधानमन्त्री ओली…


0
Shares

काठमाडौं, कात्तिक १५ । बिहीबार साँझ काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा धेरैको ध्यानकेन्द्रित थियो । सामान्य दिनभन्दा यहाँको दृष्य केही भिन्न थियो । सन्चारकर्मीसमेतको बाक्लो उपस्थिति थियो ।

अस्पतालमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओली छिट्टै ‘डिस्चार्ज’ हुने कुराले धेरैलाई खुसी तुल्याएको थियो । तर, कतिबेला डिस्चार्ज हुने भन्ने व्यग्र प्रतीक्षाको घडी थियो ।

अस्पतालले बिहीबारै साँझ प्रधानमन्त्री डिस्चार्ज हुने जनाइसकेको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था आमचासोको विषय बन्ने नै भयो ।

प्रधानमन्त्री बाहिर निस्किएको देख्न धेरैजना आतुर थिए । अस्पतालबाट देशका कार्यकारी प्रमुखको ‘सामान्य’ फिर्ती उत्साहित क्षण थियो ।

कौतुहलता चिर्दै मुस्कुराउँदै निस्किए प्रधानमन्त्री ओली । अस्पतालका चिकित्सक, सुरक्षाकर्मी र उनको सचिवालयका सदस्यहरु वरिपरि थिए । निस्कनेबित्तिकै अस्पताल परिसरमा उपस्थितहरुपट्टि फर्काएर हात उठाए र हल्लाए । उनी हिँडेर निस्किएका थिए ।

प्रधानमन्त्रीले संक्षिप्त प्रतिक्रिया दिँदै आफू ठीक रहेको जनाए । उनको हाउभाउले उपस्थित अरुपनि खुसी देखिए ।

थोरै समय उपस्थितहरुअगाडि प्रशन्न हुँदै उभिए । त्यसपछि ‘बाइ’ गरेर हिँडे । आफ्नो गाडीमा चढेर सरकारी निवास बालुवाटार फर्किए ।

उनको प्रशन्नता र शारीरिक हाउभाउले वातावरण रौनक बन्यो । केहीबेरअघिसम्म निरश दृष्यमा उनले ऊर्जा भरिदिए ।

प्रधानमन्त्री ओली बुधबार बिहान अस्पताल भर्ना भएका थिए । त्यससँगै उनको स्वास्थ्य अवस्थाकाबारेमा सर्वत्र चासो थियो ।

अस्पतालमा रहँदा उनको दुईपटक मिर्गौला ‘डायलासिस’ गरिएको ग्रान्डी अस्पतालले जनाएको छ ।

भिडियो हेर्नोस् 

यो पनि पढ्नोस्

प्रधानमन्त्री ओली ‘डिस्चार्ज’, दुई दिनमा दुईपटक ‘डायलासिस’