२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानमन्त्री ओली ‘डिस्चार्ज’, दुई दिनमा दुईपटक ‘डायलासिस’


0
Shares

काठमाडौं, कात्तिक १४ । स्वास्थ्यमा समस्या आएपछि बुधबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ ‘डिस्चार्ज’ भएका छन् ।

दुई दिनमा दुईपटक मिर्गौला ‘डायलासिस’ गरेर उनलाई डिस्चार्ज गरिएको हो ।

डिस्चार्जसँगै उनी प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् ।

त्यसअघि, बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै ग्रान्डी अस्पतालले बुधबार र बिहीबार गरी प्रधानमन्त्री ओलीको दुईपटक हेमोडायलासिस गरिएको र अहिले प्रधानमन्त्री ओली पूर्णरुपमा स्वस्थ रहेको जनाएको थियो ।